आज आइतबार हप्ताको पहिलो दिन शेयर बजारमा भारी गिरावट - Reporters7

Breaking

Post Top Ad

 


Sunday, October 3, 2021

आज आइतबार हप्ताको पहिलो दिन शेयर बजारमा भारी गिरावट


आज हप्ताको पहिलो दिन आइतबार शेयर बजारमा गिरावट आएको छ । आज बिशेष गरेर जलविद्युत्, होटल र उत्पादन समूहको शेयमा गिरावट आएको हो  । 


आज आइतबार  दुई सय ३२ कम्पनीका ८९ लाख ४८ हजार कित्ता शेयर चार अर्ब ११ करोड रुपैयाँमा कारोबार भएको छ भने सबैभन्दा धेरै अपी पावर कम्पनीको १५ करोड रुपैयाँको शेयर किनबेच भएको बताइएको छ   ।


 दुई सय ३२ कम्पनीको शेयर कारोबार भएकोमा १७ वटाबाहेक सबै कम्पनीको शेयर घटेको छ । 


गुहेश्वरी मर्चेन्ट बैंक एन्ड फाइनान्स र रैराङ हाइड्रोको शेयर नौ प्रतिशतभन्दा धेरैले घटेको छ । समग्र बजार घटे पनि मैलुङ खोला जलविद्युत् कम्पनीको शेयर १० प्रतिशतले बढ्न सफल भएको छ ।


 

No comments:

Post a Comment