सामान्यज्ञान वस्तुगत प्रश्न उत्तर , लोकसेवा आयोग तयारि सामाग्री - Loksewa Gk - Reporters7

Breaking

Post Top Ad

 


Wednesday, September 8, 2021

सामान्यज्ञान वस्तुगत प्रश्न उत्तर , लोकसेवा आयोग तयारि सामाग्री - Loksewa Gk

  १. नेसनल जिओग्राफिक एक्सप्लोर अवार्ड–२०२१ प्राप्त गर्ने नेपाली को हुन् ?

 उत्तमबाबु श्रेष्ठ
– वातावरण विज्ञानका अध्येता एवं अनुसन्धानकर्ता श्रेष्ठले ४३ हजार डलर (करिब ५५ लाख रुपियाँ)को सो अवार्ड प्राप्त गरेका ।
– अमेरिकाको नेसनल जिओग्राफिक सोसाइटीले विशेषगरी नेपालको संरक्षण क्षेत्रको अनुसन्धानका लागि अनुसन्धान वृत्ति प्रदान गरेको । कोरोनाले नेपालको पर्यापर्यटन, वन्यजन्तु, वनस्पतिलगायत जैविक विविधताको क्षेत्र र त्यसमा आश्रित समुदायमा पारेको प्रभावबारे अध्ययन गर्नु अनुसन्धानको मुख्य उद्देश्य रहेको छ ।

२. राष्ट्र बैङ्कद्वारा वि.सं. २०७८ भदौमा प्रकाशित तथ्याङ्कअनुसार आ.व. २०७७÷७८ मा मुलुकको आर्थिक वृद्धिदर कति कायम भएको अनुमान छ ?
 ४.०१ प्रतिशत
– प्रतिवेदनअनुसार कृषि क्षेत्रको वृद्धिदर २.६४ प्रतिशत, उद्योग क्षेत्रको ५.०५ प्रतिशत तथा सेवा क्षेत्रको ४.४३ प्रतिशत रहेको ।
– कुल गार्हस्थ्य उत्पादनमा कृषि, उद्योग र सेवा क्षेत्रको अंश क्रमशः २५.८३ प्रतिशत, १३.११ प्रतिशत र ६१.०६ प्रतिशत रहेको ।
– आ.व. २०७७/७८ मा रेमिट्यान्स आप्रवाह ९.८ प्रतिशतले वृद्धि भएर ९६१ अर्ब पाँच करोड रुपियाँ पुगेको ।

३. टोकियोमा आयोजित पाराओलम्पिकमा नेपालबाट सहभागी हुने एक मात्र खेलाडी को हुन् ?
 पलेशा गोवर्धन

(गृष्मकालीन ओलम्पिक समाप्त भएको १५ दिनपछि ओलम्पिक आयोजक सहरले नै पाराओलम्पिक गर्नुपर्ने परिपाटी रहेको ।)

४. संयुक्त राज्य अमेरिकाले झन्डै २० वर्षपछि अफगानिस्तानबाट आफ्ना सेना पूर्ण रूपमा कहिले फिर्ता गरेको हो ?
 सन् २०२१ अक्टोबर ३०
– अफगानिस्तानमा बाँकी रहेका केही सेना अक्टोबर ३० सम्म सबै फिर्ता गएको बताइएको । केही दिन अघिदेखि नै अमेरिकाले सेना फिर्ता गर्ने प्रक्रिया सुरु गरिसकेको ।
– अमेरिकाले सन् २००१ सेप्टेम्बर ११ लगत्तै अफगानिस्तान मिसन सुरु गरेको थियो । अमेरिकी ट्विन टावरमा हमला गराएको भनी अलकायदा सङ्गठनका प्रमुख ओसामा विन लादेनको खोजीका लागि अमेरिकाले सो मिसन सुरु गरेको ।

५. विश्व स्वास्थ्य सङ्गठनको दक्षिणपूर्वी एसियाको ७४औँ वार्षिक बैठक आयोजना कहाँ भएको छ ?
 काठमाडौँमा (वि.सं. २०७८ भदौ २१–२५)
(नेपालले ११ वर्षपछि पुनः आयोजक राष्ट्रका रूपमा बैठक गर्ने अवसर प्राप्त गरेको ।)

६. पहिलोपल्ट विश्व साइकल दिवस कहिले मनाइयो ?
 सन् २०१८ जुन ३
(संयुक्त राष्ट्रसङ्घद्वारा सन् २०१८ अप्रिल १२ मा यो दिवस मनाउने निर्णय गरिएको ।)

७. नेपाल, भारत, भुटान तथा बङ्गलादेशमा सीधा बससेवा सञ्चालन सम्बन्धमा गरिएको सम्झौतालाई के नामले चिनिन्छ ?
 बीबीआईएन इनिसिएटिभ
(भुटानको थिम्पुमा सन् २०१५ जुन १५ मा सम्झौता भएको थियो ।

८. रूपान्तरणकारी (गेमचेञ्जर) योजनाको अवधारणा पहिलोपटक कुन आवधिक योजनामा ल्याइएको हो ?
 १५औँ
– सरकारले २०७६ फागुन १९ मा १५औँ आवधिक योजना (२०७६/७७–२०८०/८१) पारित गरेको ।
– पन्ध्रौँ पञ्चवर्षीय योजना अवधिमा गरिबीको दरलाई ११ प्रतिशतमा सीमित राख्ने लक्ष्य राखिएको ।
– यस आवधिक योजनाका लागि आर्थिक क्षेत्रका ३९, सामाजिक क्षेत्रका ३४, पूर्वाधार क्षेत्रका ४०, लोकतन्त्र र सुशासनका १०, अन्तरसम्बन्धित दुई, रूपान्तरणकारी १८ र राष्ट्रिय गौरवका २२ आयोजनालाई अनुमोदन गरिएको ।
– यस योजनामा रूपान्तरणकारी (गेमचेञ्जर) योजनाको अवधारणा पहिलोपटक अङ्गीकार गरिएको ।
– यस योजनामा सुख र समृद्धिका छुट्टाछुट्टै सूचकसमेत निर्धारण गरिएको; जसमा सुखका छ र समृद्धिका चार सूचक तय गरिएको ।
– पञ्चवर्षीय योजनाले २५ वर्षे दीर्घकालीन सोचसहितका लक्ष्यसमेत निर्धारण गरेको ।

९. लिच्छवि कालमा जिल्लालाई विषय भनिन्थ्यो भने जिल्ला प्रमुखलाई के भनिन्थ्यो ?
 विषयपति

१०. स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले तर्जुमा गरेको दीर्घकालीन आधारपत्रको नारा के हो ?
 समृद्ध मुलुकका लागि स्वस्थ नागरिक
(मन्त्रालयले वि.सं. २१०० सम्मको दीर्घकालीन आधारपत्र तयार गरेको ।)

११. नेपालको संविधान (२०७२) को कुन धारामा महिला र पुरुषबीच समान कामका लागि पारिश्रमिकमा भेदभाव नगरिने उल्लेख छ ?
 धारा १८ (४)

१२. लिच्छवि काल र मल्ल कालमा शिक्षाको माध्यम भाषा कुन थियो ?
 संस्कृत

१३. नेपाल एकीकरण अभियानताका त्रिशक्ति भनी कुन–कुन राज्यलाई चिनिन्थ्यो ?
 पाल्पा, लमजुङ र तनहुँ

१४. कोतपर्व, भण्डारखाल पर्व तथा अलौ पर्व कुन राजाको पालामा भएका घटना हुन् ?
 राजेन्द्रविक्रम शाह

१५. जग्गाधनीलाई तल्सिङ र जग्गा कमाउनेलाई मोही भन्ने चलन चलाउने राजा को हुन् ?
 जयस्थिति मल्ल
१६. नेपालको प्रमुख खाद्यान्न बाली धान हो भने दोस्रो प्रमुख खाद्यान्न बाली कुन हो ?
 मकै

१७. भिक्टोरिया फल्स कुन–कुन देशको सीमामा पर्दछ ?
 जिम्बाबे र जाम्बिया

१८. धान नाच लिम्बू जातिमा प्रचलित छ भने लट्ठी नाच र तरबार नाच कुन जातिमा प्रचलित छ ?
 थारू

१९. सम्पूर्ण सरकारी कार्यालयमा निशान छापको प्रचलन कहिलेदेखि लागू भएको हो ?
 वि.सं. २०१९ पुस १
(हाल प्रचलनमा रहेको नयाँ निशान छाप वि.सं. २०६३ पुस १५ देखि कार्यान्वयनमा ल्याइएको ।)

२०. बेवी नोबल भनी चिनिने जोन विट्स क्लार्क अवार्ड २०२१ बाट सम्मानित हुने व्यक्ति को हुन् ?
 इर्सेया एन्ड्र्युज

२१. आई–फेमिलिया भन्नाले के बुझिन्छ ?
 पारिवारिक डीएनएको माध्यमबाट हराइरहेको व्यक्तिको पहिचान गर्नका लागि इन्टरपोलद्वारा २०२१ जुनदेखि सञ्चालनमा ल्याइएको डाटावेस ।

२२. जेनेटिक इन्जिनियरिङलाई के पनि भनिन्छ ?
 डीएनए टेक्नोलोजी

२३. नेपालको पूर्वी तराईमा बोलिने झाँगडभाषा कुन भाषा परिवारअन्तर्गत पर्दछ ?
 द्रविड

२४. नेपालमा काष्ठकलाको उच्चतम विकास कुन कालमा भएको मानिन्छ ?
 मल्ल कालमा

२५. नेपालमा सर्वप्रथम कागजी मुद्रा कहिलेदेखि प्रचलनमा ल्याइएको हो ?
 वि.सं. २००२ असोज १

– नेपालमा राणा प्रधानमन्त्री जुद्धशमशेरले एक अध्यादेश जारी गरी वि.सं. २००२ असोज १ देखि कागजी मुद्रा प्रचलनमा ल्याएका थिए ।
– पहिलो पटक १००, १० र पाँच दरका कागजी नोट जारी गरिएको थियो ।
– सदर मुलुकीखानाबाट जारी गरिएका ती नोटमा दस्तखत गर्ने खजाञ्ची जनकराज थिए ।

२६. गिनिज बुक अफ वल्र्ड रेकर्ड्सको प्रकाशनको सुरुवात कहिलेदेखि भएको हो ?
 सन् १९५५ अगस्ट २७

(विश्वमा भएका विविध कीर्तिमानहरू उल्लेख गरी प्रत्येक वर्ष प्रकाशित हुने गिनिज बुक अफ वल्र्ड रेकडर््सको पहिलो प्रकाशन सन् १९५५ अगस्ट २७ मा बेलायतको लन्डनमा भएको ।)

२७. कुन सङ्गठनलाई युद्धको बच्चा भनी चिनिन्छ ?
 लिग अफ नेसन्स

२८. एवेल अवार्ड २०२१ कसलाई प्रदान गरियो ?
 ऐवी विग्डरसन –हङ्गेरी)

– प्रखर क्षमता भएका गणितज्ञलाई प्रदान गरिने सो पुरस्कारको राशि झन्डै छ लाख युरो रहेको ।
– यो पुरस्कार नर्वे सरकारद्वारा प्रदान गरिएको ।
– सन् २००१ मा स्थापित यो पुरस्कार सन् २००३ देखि प्रदान गर्न थालिएको ।
– पहिलोपल्ट यो पुरस्कार फ्रान्सका जिन पियरे सिरेलाई प्रदान गरिएको ।

२९. चीन–दक्षिण एसियाली गरिबी उन्मूलन र सहकारी विकास केन्द्रको स्थापना कहिले भएको हो ?
 सन् २०२१ जुलाई ८
– छ सदस्यीय यस सङ्गठनमा चीन एवं दक्षिण एसियाका पाँच राष्ट्र (नेपाल, बङ्गलादेश, पाकिस्तान, अफगानिस्तान र श्रीलङ्का) रहेका ।
– गरिबी निवारणमा मिलेर कार्य गर्ने उद्देश्यका साथ यस सङ्गठनको स्थापना भएको ।
– पाँच दक्षिण एसियाली मुलुकमा शाखा कार्यालय रहने ।

३०. अन्तर्राष्ट्रिय सहकारी दिवस कहिले मनाइन्छ ?
 जुलाई महिनाको पहिलो शनिबार
(सन् २०२१ को नारा : रिविल्ड बेटर टुगेदर)

गोरखापत्र 


No comments:

Post a Comment