बँदेल मार्नका लागि धान खेतमा राखेको करेन्टकाे पासाेमा परेर एकैघरका ३ जनाको ज्यान गयो - Reporters7

Breaking

Post Top Ad

 


Saturday, September 18, 2021

बँदेल मार्नका लागि धान खेतमा राखेको करेन्टकाे पासाेमा परेर एकैघरका ३ जनाको ज्यान गयो


आश्विन २, बँदेल  मार्न राखेको विद्युतीय करेन्टको पासोमा परेर  तीन जनाको ज्यान गएको छ । बर्दिया को ठाकुरबाबामा बँदेल मार्नका लागि धान खेतमा राखेको करेन्टकाे पासाेमा परेर एकैघरका ३ जनाको ज्यान गएको हो ।

एक जना करेन्टमा परेपछि उनलाई बचाउन जानेक्रममा उनीहरुको ज्यान गएको प्रहरीले जनाएको छ ।


ज्यान जानेहरुमा ठाकुरबाबा-३ का ३२ वर्षका बालकृष्ण थारु, उहाँकी श्रीमती २९ वर्षकी सुनिता थारु र बालकृष्णकी भाउजु ४३ वर्षकी बेलमती थारु रहेका छन् ।


घटना सम्बन्धमा थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

No comments:

Post a Comment