बिधालय खोल्न हतार नगर्न निर्देशन - Reporters7

Breaking

Post Top Ad

 


Thursday, September 16, 2021

बिधालय खोल्न हतार नगर्न निर्देशन

 


देशका बिभिन्न स्थानमा आसोज १ गते देखि बिधालय खोल्ने तयारि गरिरहँदा यता स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले भने  हतारमा विद्यालय सञ्चालन नगर्न निर्देशन दिएको छ । 

कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र र शिक्षा सरोकारवालासँग स्वास्थ्य मन्त्रालयले गरेको छलफलमा हतारमा विद्यालय नखोल्न निर्देशन दिएको बताइएको छ ।


 विद्यालय खोल्न वा नखोल्ने त्यहाँका रहेको स्थानीय तहले निर्धारण गर्ने भन्दै विद्यालय खोल्नुभन्दा अगाडि नजिकैको स्वास्थ्य संस्था र स्थानीय निकायसँग समन्वय गर्नसमेत निर्देशन दिएको छ ।


कोभिड–१९ को जोखिम आँकलन गरी जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रको सिफारिसका आधारमा शिक्षा मन्त्रालयले जारी गरेको विद्यालय सञ्चालनसम्बन्धी कार्यढाँचा–२०७७ पालना गरी मात्रा विद्यालय खोल्न पनि अनुरोध गरिएको छ ।

No comments:

Post a Comment