सरकारको लम्पसारवाद, धामीको मृत्युप्रकरणमा ध्यानाकर्षण नभएको सरकारको न्याय खोज्ने नेपालीमाथि ध्यानाकर्षण - Reporters7

Breaking

Post Top Ad

 


Monday, September 6, 2021

सरकारको लम्पसारवाद, धामीको मृत्युप्रकरणमा ध्यानाकर्षण नभएको सरकारको न्याय खोज्ने नेपालीमाथि ध्यानाकर्षण

 


सरकारले छिमेकी देशका प्रधानमन्त्रीको प्रतिष्ठामा आँच आउनेगरी नाराबाजी र जुलुस प्रदर्शन गर्ने तथा पुत्ला दहन गर्ने गतिविधि प्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

दार्चुलामा भारतीय सीमा सुरक्षा बलले तुइनको तार काट्दा महाकाली नदीमा खसेर जयसिंह धामीको ज्यान गएको विषयलाई लिएर भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको विरुद्धमा प्रदर्शन भइरहेका छन् । 

मोदीको विरोधलाई लक्षित गर्दै गृह मन्त्रालयले विज्ञप्ति निकालेर छिमेकी देशका प्रधानमन्त्रीको विरोधमा भएका उच्छृङ्खल र  निन्दनीय गतिविधिप्रति गम्भीर आपत्ति जनाउने मात्र होइन जो सूकै नेपालीलाई पनि त्यसो गरेमा कारबाही गर्ने चेतावनी समेत दिएको छ ।

मित्रराष्ट्रसँग उत्पन्न समस्यालाई वार्ता, सम्वाद र कूटनीतिक माध्यमबाट समाधान गरिँदै आएको र भविष्यमा उत्पन्न समस्यालाई पनि वार्ता, सम्वाद र कूटनीतिक माध्यमबाटै समाधान गरिने भनीए पनि अहिलेसम्म तुइन प्रकरण सम्बन्धमा अहिलेसम्म भारत संग वान टु वान टकमा भने गठबन्धन सरकार पछी हटेको छ  ।

यसले प्रष्ट पार्छ कि गठबन्धनको सरकार हुँदा समेत एक नेपालीले ज्यान गुमाएको घटनालाई साधारण रुपमा लिगीएको छ  । 

कोहि छिमेकी ले आफ्नो भूमिमा ज्यादती गर्दछ भने कसले सहन सक्ला त? माइकको अगाडी उभिंदा राष्ट्रियताको नाराले घांटी सुकाउने ति कण्ठहरू जसलाई सत्ता प्राप्ति पश्चात राष्ट्रियताको कुनै मतलब गरेको देखिदैन, बरु देखिन्छ त केवल जसरि हुन्छ सत्ता र  कुर्ची बचाउ । सरकारको यो लाचारीपनले जनताले सरकारबाट अभिभावकत्व प्राप्त नगर्ने निश्चित छ ।   

No comments:

Post a Comment