नेपाली कांग्रेस गण्डकीबाट क्षेत्रीय प्रतिनिधि पदमा शिव शर्माको उम्मेद्बारी - Reporters7

Breaking

Post Top Ad

 


Friday, September 17, 2021

नेपाली कांग्रेस गण्डकीबाट क्षेत्रीय प्रतिनिधि पदमा शिव शर्माको उम्मेद्बारी

 

असोज १,युवा व्यवसायी शिव शर्मा पौडेललेनेपाली कांग्रेस गण्डकी प्रदेशको प्रदेश प्रतिनिधि पदमा उम्मेदवारी दिएका छन्  । स्याङ्जा चापाकोट नगरपालिका ९ बाट क्षेत्रीय प्रतिनिधिमा चयन भएका शर्माले  काङ्ग्रेसको १४ औ माहाधिबेसनको  प्रदेश  प्रतिनिधि पदको उम्मेदवारी दिएका हुन् ।


बिशेष गरेर समाज सेवा र व्यवसायलाइ निरन्तर दिइरहेका शर्मा स्याङ्गजाबाट लोकप्रिय युवा नेता समेत हुन् ।


बिगत एक दशक देखि तरुण युवा जिल्ला समितिमा रहेर काम गरेका शर्मा समाज विकास र दुख समस्यामा परेकाहरुलाई सहयोग गर्न अग्रस्थानमा रहने भएकाले पनि उनि लोकप्रिय मानिन्छन । 


 वडा ,  नगर , क्षेत्र , जिल्ला , प्रदेश हुँदै केन्द्र बलियो बनाउन युवा नेतृत्वलाई स्थान प्रदान गरौ भन्ने मूल उद्देश्यका साथ् आफुले उम्मेद्वारी दिएको उनि बताउँछन । हरेक तहमा युवाहरुले स्थान पाए भने त्यसले पार्टीको मात्र नभएर समग्र देशकै भलो हुने पनि उनको तर्क छ । 

No comments:

Post a Comment