पछिल्लो २४ घण्टामा नेपालमा एक हजार १६५ जनामा कोरोना संक्रमण पुष्टि - Reporters7

Breaking

Post Top Ad

 


Thursday, September 16, 2021

पछिल्लो २४ घण्टामा नेपालमा एक हजार १६५ जनामा कोरोना संक्रमण पुष्टि


बिहिबार  पछिल्लो २४ घण्टामा नेपालमा एक हजार १६५ जनामा  कोरोना संक्रमण पुष्टि भएको छ । सो अवधिमा ११ हजार २०८ आरटीपीसीआर परीक्षण गरिएकोमा एक हजार १६५ जनामा सङ्क्रमणको पुष्टि भएको हो ।


स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सोही अवधिमा तीन हजार ९७१ वटा एन्टीजेन परीक्षण गर्दा ३४६ जनामा सङ्क्रमण पुष्टि भएको जनाएको छ ।


नेपालमा कोरोना सङ्क्रमणमुक्त हुने दर ९५.३ प्रतिशत रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा एक हजार ६८९ जना कोरोनामुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । योसँगै कुल सङ्क्रमण मुक्त हुनेको सङ्ख्या ७४ लाख ५२ हजार १५ रहेको छ ।


यसैगरी पछिल्लो २४ घण्टामा ११ जना सङ्क्रमितको मृत्यु भएको छ । हालसम्म ११ हजार दुई जना सङ्क्रमितले ज्यान गुमाएका छन् ।

No comments:

Post a Comment