आश्विन १ गते देखि पोखरा महानगरका निजि तथा सामुदायिक बिधालय भौतिक दुरिमै संचलन हुने - Reporters7

Breaking

Post Top Ad

 


Wednesday, September 15, 2021

आश्विन १ गते देखि पोखरा महानगरका निजि तथा सामुदायिक बिधालय भौतिक दुरिमै संचलन हुने

  


 भाद्र ३०, आश्विन १ गते देखि पोखरा महानगरका  निजि तथा सामुदायिक बिधालय भौतिक दुरिमै संचलन हुने भएका छन्  । 

महानगरले एक सुचना जारी गर्दै स्वास्थ्य मापदण्डको पुर्ण पालना गर्दै बिधालय संचालनको बाटो खुला गरिदिएको हो । 


महानगर शिक्षा समितीको बैठकले बिधालय कार्यढाँचा २०७७ लाई पुर्ण रुपमा पालना गरि विधालयले पनि अनिवार्य रुपमा संचालनको कार्ययोजना बनाइ बिधालय व्यवस्थापन समितीबाट अनुमोदन गरि शिक्षा शाखामा पेस गर्न समेत सुचित गरेको छ । 


यो बर्षको नयाँ शैक्षिक सत्र असार बाट सुरु गरि बिधालयहरुले अन्लाईन माध्यमबाट पठनपाठन गराउँदै आइरहेका थिए ।



सरोकारवालाहरु  कोरोनाको दोश्रो लहर संगै बिधालयहरु पनि बन्द भएपछी बिद्यार्थीको स्तर खस्किएको बताउँदै आइरहेका छन  । 



 

No comments:

Post a Comment