कोरोनासँग मिल्जोजुल्दो लक्षण भएको 'स्क्रब टाइफस’ रोग हो भनेर कसरि थाहा पाउने, यसबाट जोगिन के गर्ने ? - Reporters7

Breaking

Post Top Ad

 


Sunday, September 5, 2021

कोरोनासँग मिल्जोजुल्दो लक्षण भएको 'स्क्रब टाइफस’ रोग हो भनेर कसरि थाहा पाउने, यसबाट जोगिन के गर्ने ?


भाद्र २०, कोरोना भाइरससँग मिल्जोजुल्दो  लक्षण  भएको  'स्क्रब  टाइफस’  रोग देखिन थालेपछि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले  सतर्कता  अपनाउन  आग्रह  गरेको  छ  ।


अहिलेको  सिजन  स्क्रब  टाइफस  रोग  फैलन सक्ने भएकाले सतर्कता अपनाउन आग्रह गरिएको  हो  ।  मन्त्रालयका  सहप्रवक्ता  डा.  समीरकुमार अधिकारीले कोरोनासँग मिल्दोजुल्दो लक्षण  भएको  स्क्रब  टाइफस  देखिन  थालेको  जानकारी दिए । कोभिड–१९  जस्तै  स्क्रब  टाइफसमा  मानिसलाई  उच्च  ज्वरो  आउने,  आँखा  रातो  हुने, खोकी, बान्ता, पेट दुखाइ र पखाला लाग्ने, सास फेर्न समस्या हुनु, धेरै टाउको दुख्नु, जोर्नी र मांसपेशी दुख्नु, बिमिरा देखिनु, टोकेको ठाउँमा कहिलेकाहीँ  कालो  दागजस्ता  लक्षण  देखिने  गर्छन्  । 


डा.  अधिकारीले  मानिसले  पछिल्लो  समय कोरोनालाई खासै वास्ता नगरेको र लक्षण देखिहालेमा  अन्य  कामलाई  बाधा  हुने  डरले  परीक्षण  नगराउने  गरेको  जानकारी  दिए ।  उनले कोरोना हो भनेर बसेमा स्क्रब टाइफस हुने र त्यसले अन्य अङ्गलाई असर गर्ने हुँदा परीक्षण गर्न सुझाव दिए । सरुवा  रोग  विशेषज्ञ  डा.  शेरबहादुर  पुनले  स्क्रब टाइफस 'ओरिन्सिया सुसुगामासी’ जीवाणुले सङ्क्रमित एकप्रकारको सानो किर्नाको टोकाइबाट मानिसमा सर्ने रोग भएको जानकारी दिँदै यसले मस्तिष्क,  कलेजो,  फोक्सोमा  सङ्क्रमण  हुने  बताए ।


स्क्रब  टाइफस  रोग  समयमै  पहिचान भएमा औषधि सेवन गर्दा निको हुने र हेल्चेक्र्याइँ गरेको अवस्थामा मृत्युसम्म गराउन सक्ने चेतावनी दिइएको छ । स्वास्थ्य मन्त्रालयले स्क्रब टाइफस रोगको लक्षण कोरोना भाइरससँंग  मिल्दोजुल्दो भएकाले कोरोना परीक्षण गर्दा नेगेटिभ आए पनि स्क्रब टाइफसको परीक्षण गर्न अनुरोध गरेको छ ।


स्क्रब टाइफस रोग मुसाका कान वा अन्य जीवजन्तुमा हुने सङ्क्रमित किर्नाले मानिसलाई टोकेपछि सर्ने गर्छ । सहप्रवक्ता डा. अधिकारीले समयमै रोगको पहिचान गरी औषधि सेवन गरे रोग निको हुने जानकारी दिए । स्क्रब टाइफसबाट बर्सेनि मानिसको  मृत्यु  हुने  गरेको  छ  ।  सरुवा  रोग  विशेषज्ञ डा. वासुदेव पाण्डेले विशेषतः मुसा बढी भएका ठाउँमा स्क्रब टाइफसको जोखिम बढी हुने जानकारी दिए ।  गोरखापत्र दैनिक

No comments:

Post a Comment