बिभिन्न ११ देशका राजदुत पोखरामा - Reporters7

Breaking

Post Top Ad

 


Sunday, September 26, 2021

बिभिन्न ११ देशका राजदुत पोखरामा


बिभिन्न ११ देशका राजदुत पोखरा आइपुगेका छन्  ।  विश्व पर्यटन दिवसका आवसरमा  गण्डकी प्रदेश सरकारको निमन्त्रणामा बिभिन्न  कूटनीतिक नियोग र विकास साझेदार संस्थाका प्रतिनिधिसहित २५ जनाको टोली पोखरा आइपुगेको हो  ।

भ्रमण टोलीमा संयुक्त राष्ट्रसंघकी रेजीडेन्ट कोअर्डिनेटर, सार्कका महासचिव, यूएनएड्सका कन्ट्री डाइरेक्टर,  इसिमोडका महानिर्देशक, अन्तर्राष्ट्रिय आप्रवासी संगठनकी चिफ अफ मिसन,  यूएनडीपीका प्रतिनिधि, यु विश्व खाद्य कार्यक्रमका कन्ट्री डाइरेक्टर र नेस्कोका प्रतिनिधि लगायतको सहभागिता छ ।

त्यस्तै  परराष्ट्र मन्त्रालयको संयोजनमा आएको टोलीमा उत्तर कोरिया, दक्षिण कोरिया, फिनल्यान्ड, यूएई, बंगलादेश, कतार, मलेसिया  साउदी अरब, श्रीलंका,  थाइल्यान्ड, जर्मनी र इजिप्ट का राजदूत  सहभागी छन् ।

भोलिनै  टोलीले पोखराका मुख्य स्थानको  भ्रमण गर्ने बताइएको छ भने उनीहरु रेवानले आयोजना गरेको एक दिवसीय सडक महोत्सवमा समेत सहभागी हुने कार्यक्रम रहेको छ  ।


No comments:

Post a Comment