पन्जशिर प्रान्तमा पूर्ण नियन्त्रण कायम गरेको तालिबानको दाबी - Reporters7

Breaking

Post Top Ad

 


Monday, September 6, 2021

पन्जशिर प्रान्तमा पूर्ण नियन्त्रण कायम गरेको तालिबानको दाबी

 


भाद्र २२, तालिबानले आफ्नो नियन्त्रणमा आउन बाँकी रहेको पन्जशिर प्रान्तमा पूर्ण नियन्त्रण कायम गरेको दाबी गरेको छ।


राजधानी काबुलबाट उत्तरमा अवस्थित उक्त प्रान्तमा तालिबान शासनको प्रतिरोध हुँदै आएको छ। केही दिनदेखि त्यहाँ लडाइँ भइरहेको बताइन्छ।


"यो विजयसँगै हाम्रो देशलाई पूर्णतः युद्धको दलदलबाट निकालिएको छ," तालिबानका एक प्रवक्ताले भने।


तर तालिबानको प्रतिरोध गरिरहेको न्याश्नल रिजिस्टन्स फ्रन्ट अफ अफगानिस्तान (एनआरएफ) ले तालिबानको दाबीको खण्डन गरेको छ।


"यो सत्य हैन। तालिबानले पन्जशिर उपत्यकालाई नियन्त्रणमा लिएको छैन। म तालिबानको दाबीको खण्डन गर्छु," एनआरएफका प्रवक्ता अलि मैसमले  भने।

उक्त समूहको ट्विटरमा भनिएको छः ''एनआरएफका सैनिकहरू युद्धलाई निरन्तरता दिन उपत्यकाका सबै रणनीतिक स्थानमा छन्। हामी अफगनिस्तानका जनतालाई आश्वस्त पार्न चाहन्छौँ कि न्याय र स्वतन्त्रता कायम नभएसम्म तालिबान र तिनका साझेदारविरुद्धको सङ्घर्ष जारी रहन्छ।"


सामाजिक सञ्जालमा प्रेषित तस्बिरमा प्रान्तीय गभर्नरको कार्यालयको प्रवेशद्वारअगाडि तालिबान लडाकुहरूलाई देखाइएको छ। बीबीसीले ती तस्बिरलाई स्वतन्त्र रूपमा पुष्टि गर्न सकेको छैन।


विद्रोह गर्न आह्वान

सामाजिक सञ्जालमा प्रेषित एउटा श्रव्य सामग्रीमा एनआरएफका नेता अममद मसूदले तालिबानविरुद्ध देशभरि विद्रोह गर्न आह्वान गरेका छन्।


धार्मिक नेताहरूको आग्रहलाई अनादर गर्दै लडाकुहरूले उनको सेनालाई आक्रमण गरेको र उनको परिवारका सदस्यहरू पनि आइतवार मारिएको उनले बताए। बिबिसी 

No comments:

Post a Comment