साहस ऊर्जा लिमिटेडको आइपिओ आजदेखि - Reporters7

Breaking

Post Top Ad

 


Wednesday, September 22, 2021

साहस ऊर्जा लिमिटेडको आइपिओ आजदेखि


आश्विन ६, साहस ऊर्जा लिमिटेडले आजदेखि सर्वसाधारणका लागि साधारण शेयर जारी गरेको छ । 

कम्पनीले प्रतिकित्ता रु १०० अङ्कित मूल्यमा रु ७० करोड बराबरको ७० लाख कित्ता प्राथमिक शेयर निष्कासन गरेको हो ।

निष्कासन  शेयरमध्ये  ६४ लाख ४० हजार कित्ता शेयरमा सर्वसाधारण आजबाट भर्न पाउने छन् ।

त्यस्तै तीन लाख ५० हजार कित्ता सामूहिक लगानी कोषलाई बाँडफाँट गरेको र तीन प्रतिशत अर्थात् दुई लाख १० हजार कित्ता शेयर कर्मचारीलाई सुरक्षित गरिएको छ । 

असोज १० सम्म न्यूनतम १० कित्तादेखि अधिकतम १० लाख ५० हजार कित्तासम्मका लागि आवेदन दिन सकिनेछ  ।

No comments:

Post a Comment