नेपाली कांग्रेस पोखरा महानगर समितिको सचिव पदमा टुवराज बास्तोलाको उम्मेदवारी - Reporters7

Breaking

Post Top Ad

 


Wednesday, September 8, 2021

नेपाली कांग्रेस पोखरा महानगर समितिको सचिव पदमा टुवराज बास्तोलाको उम्मेदवारी


नेपाली कांग्रेस पोखरा महानगर समितिको सचिव पदमा टुवराज बास्तोलाले उम्मेदवारी घोषणा गरेका छन् । बास्तोलाले भदौ २७ मा हुने महानगरको  अधिवेशन का लागि  सचिव पदको लागि उम्मेद्वारी दिएका हुन् ।

नेपाली कांग्रेसमा नयाँ रुपान्तरणका लागि आफुले सचिव पदको उम्मेद्वारी दिएको उनले बताएका छन् 

साथै उनले  कांग्रेसको मूल आदर्श र सिद्धान्तको मर्मलाई बुझेर नै उम्मेद्वारी दिएको दाबि गर्दै  राष्ट्रियता र  लोकतन्त्र बलियो पार्न मात्र नभएर पार्टी बलियो बनाउनका लागि समेत पार्टीको लागि नवीनतम सोच भएका व्यक्तिहरुको खाँचो रहेको र सोहीअनुरुप आंफुले  उम्मेद्वारी  दिएको बताए ।

बास्तोला बैंकिंग क्षेत्रबाट स्वैच्छिक अवकास लिएर शिक्षाको क्षेत्रमा आमुल परिवर्तन ल्याउनु पर्दछ भनेर अगाडी बढेका एक नेतृत्व गर्न सक्ने  क्षमतावान व्यक्ति समेत हुन् ।

No comments:

Post a Comment