कक्षा १२ को स्थगित परीक्षा दशैँ अगावै : राष्ट्रिय परीक्षा बोर्ड - Reporters7

Breaking

Post Top Ad

 


Monday, August 23, 2021

कक्षा १२ को स्थगित परीक्षा दशैँ अगावै : राष्ट्रिय परीक्षा बोर्ड

  


भाद्र ७, कक्षा  १२ को स्थगित परीक्षा  राष्ट्रिय  परीक्षा  बोर्डले  दशैँ अगावै हुने बताएको छ ।

 कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले स्वीकृति दिएमा आफूहरू दशैँ अगावै परीक्षा गर्न सक्ने अवस्थामा  रहेको  बोर्डले जनाएको छ  । 

 सीसीएमसीसित  अनुमति  लिएपछि  १५  दिनको  अग्रिम  सूचना  दिएर  विद्यार्थीका  लागि  परीक्षाका  बारेमा  सूचित  गरिने  बोर्डले जनाएको छ  । कक्षा १२ को परीक्षा दुई पटकसम्म सरिसकेकाले अब सार्न नपर्ने गरी परीक्षाको कार्यतालिका सार्वजनिक गर्ने बोर्डको तयारी छ ।  

यसअघि साउन २३ गते सम्पन्न बोर्ड बैठकले साउन ३१ गतेदेखि तय गरिएको कक्षा १२ को परीक्षा स्थगित गर्ने निर्णय गरेको थियो ।  

No comments:

Post a Comment