कक्षा १२ को परीक्षा भौतिक उपस्थितिमै गराउन संसदीय समितिको निर्देशन - Reporters7

Breaking

Post Top Ad

 


Tuesday, August 24, 2021

कक्षा १२ को परीक्षा भौतिक उपस्थितिमै गराउन संसदीय समितिको निर्देशन

 


भाद्र ८, कक्षा १२ को परीक्षा भौतिक उपस्थितिमै गराउन संसदीय समितिले सरकारलाई निर्देशन दिएको छ ।

प्रतिनिधि सभा अन्तर्गतको शिक्षा तथा स्वास्थ्य समितिको आज बसेको बैठकले स्वास्थ्य मन्त्रालय र शिक्षा मन्त्रालयसँगको समन्वयमा परीक्षा सञ्चालन गर्न निर्देशन दिएको हो ।

बैठकमा शैक्षिक सत्रलाई असर पर्ने भएका कारण कोभिड १९ विरुद्धको खोपको पहिलो मात्रा लगाएर जनस्वास्थ्यको मापदण्ड पालना गर्दै परीक्षा सञ्चालन गर्नुपर्ने धारणा सांसदहरुले राख्नुभएको थियो ।

बैशाखमा हुनुपर्ने परीक्षा कोभिड १९ को संक्रमणका कारण स्थगित गरिएको थियो । साउन को ३१ गतेदेखि गर्ने तयारी भैरहेकै बेलामा पुन: स्थगित गरिएको परीक्षा कहिले सञ्चालन हुन्छ भन्ने अन्यौल कायमै छ ।

No comments:

Post a Comment