अमेरिकाको लुइजिआनामा शक्तिशाली आँधी, दशौँ हजार मानिस प्रभावित - Reporters7

Breaking

Post Top Ad

 


Monday, August 30, 2021

अमेरिकाको लुइजिआनामा शक्तिशाली आँधी, दशौँ हजार मानिस प्रभावित


एजेन्सी, अमेरिकाको लुइजिआना राज्यमा आएको शक्तिशाली आइडा नामक आँधी जमिन भासिनुका साथै विद्युत सेवा अवरुद्ध भएको छ ।


आँधीको पूर्वानुमान गरिएकाले ठूलो संख्यामा नागरिकहरुलाई तटीय क्षेत्रबाट सुरक्षित स्थानमा सारिएको छ । शक्तिशाली आँधीले रुख तथा विजुलीका पोलहरु ढालेको छ ।


१ सय ५० माइल प्रतिघन्टाको बेगमा आएको शक्तिशाली आँधीका कारण विद्युत सेवा अवरुद्ध हुँदा ५ लाखभन्दा बढी मानिस अन्धकारमा बस्न बाध्य छन् ।


अमेरिकी राष्ट्रपति जो बाइडनले आइडा निकै शक्तिशाली र खतरनाक भएका तटीय क्षेत्रभन्दा टाढा टाढा सम्म पनि यसले ठूलो विनास निम्त्याउने भन्दै नागरिकहरुलाई सचेत रहन आग्रह गर्नुभएको छ ।


आँधी शक्ति सञ्चय गर्दै आइरहेकाले आगामी केही दिन अझै कष्टपूर्ण हुनसक्ने लुइजिआना राज्यका गमर्नर जोन बेल इडवार्डले बताउनु भएको छ । आँधीले कतिपय स्थानमा बाढी आएको छ । आँधीका कारण हालसम्म कुनै मानवीय क्षति भने भएको छैन ।

No comments:

Post a Comment