रातको समयमा भुलेर पनि सेवन गर्न नहुने कुराहरु - स्वास्थ्य टिप्स - Reporters7

Breaking

Post Top Ad

 


Tuesday, August 31, 2021

रातको समयमा भुलेर पनि सेवन गर्न नहुने कुराहरु - स्वास्थ्य टिप्स

 

आयुर्वेदकाअनुसार मानिसले जहिले पनि आफ्नो स्वास्थ्यलाई ध्यानमा राखेर मात्र भोजन गर्नुपर्दछ । हरेक व्यक्तिले आफ्नो भोजनमा उचित मात्रामा गुलियो, नुनिलो, अमिलो, हल्का तितोपिरो स्वादलाई अनिवार्य रुपमा सामिल गर्नुपर्ने आयुर्वेदमा उल्लेख छ । जसले गर्दा शरीरमा पोषक तत्वको राम्रो पूर्ति हुने गर्दछ।


खासगरी, रात्रीको भोजन गर्दा केहि खानेकुरा सकभर खानु हुँदैन । आयुर्वेदले बाथ, पित्त र कफका रोगीहरुले रातको समयमा भोजन गर्दा धेरै कुरामा सावधानी अपनाउनु पर्ने सल्लाह दिएको छ। आयुर्वेदमा रातको समयमा केहि खानेकुराहरु नखान सल्लाह दिइएको छ।


राति के खानेकुराहरु खानु हुँदैन


दही : राति कहिल्यै पनि दहीको सेवन गर्नु हुँदैन। राति दहिको सेवनले छातीमा कफ जम्न तथा घ्यारघ्यार हुने गर्दछ । जसले गर्दा श्वासप्रस्वासमा समस्या उत्पन्न गराउँदछ । रातको समयमा दहिको साटो दुध सेवन गर्दा स्वास्थ्यलाई लाभदायक हुने गर्दछ।


दूध : यदि राति दूध पिउने बानी छ भने, यसलाई थोरै परिवर्तन गर्न आवश्यक पर्छ। रातमा कम फ्याट वा गाईको दूध मात्र सेवन गर्नुहोस् । रातमा दुध सेवन गर्दा जहिल्यै पनि तातो दुध पिउनुहोस, तातो दुधलाई शरीरले सजिलै पचाउन सक्छ।


मसलेदार खाना : रातमा मात्र नभएर दिनमा पनि खाना बनाउँदा वा खाँदा कम मसला भएको खानेकुराहरू खानु पर्दछ। मसलाले शरीरको ताप बढाउँदछ र भोक पनि धेरै लाग्ने हुन्छ। साथै, यसले पेट पोल्नेदेखि अन्य समस्याहरू निम्त्याउन सक्छ। जहिले पनि खानामा दालचिनी, सुप, मेथी र अलैंची प्रयोग गर्नुहोस्। यसले पेटको समस्याहरूलाई टाढा राख्न मद्दत गर्दछ । 


प्रोटिनको मात्रालाई कम गर्ने : बेलुकाको खानामा प्रोटिनयुक्त खाद्य पदार्थहरूको सेवनलाई कम गर्नुहोस् । उच्च प्रोटिन भएका खाना जस्ता जस्तै दाल, हरियो सागसब्जी, माछा, मासु, फलफुल लगायतका खानाहरु कम सेवन गर्नुपर्दछ।


उच्च प्रोटिन भएका खाना पचान प्रकियामा समस्या निम्त्याउन सक्छ। यदि सेवन नै गर्नुछ भने पनि थोरै मात्रामा गर्नुहोस् ।(एजेन्सीको सहयोगमा)


No comments:

Post a Comment