हाम्रो नङले संकेत गरिरहेको हुन्छ हाम्रो स्वास्थ्य स्थिति कस्तो छ भनेर - Reporters7

Breaking

Post Top Ad

 


Wednesday, August 4, 2021

हाम्रो नङले संकेत गरिरहेको हुन्छ हाम्रो स्वास्थ्य स्थिति कस्तो छ भनेर

 


साउन २०, हातखुट्टाका नङको रङले मानिसको शारीरिक एवं मानसिक स्वास्थ्यका बारेमा पूर्ण जानकारी गराउँछ । नङमा देखिने सेतो दाग, गुलाबीपन या धर्सो हुनुको अर्थ हो— शरीरमा कतै कुनै गम्भीर प्रकृतिको रोग अदृश्य रूपमा पलाइरहेको छ । कलेजो, मुटु, फोक्सो, छाला एवं मानसिक स्वास्थ्य समस्या छ भन्ने कुराको प्रमाण व्याक्तिको नङबाट थाहा हुन्छ । नङको काम हातखुट्टाका औंलाको सौन्दर्य बढाउनुमात्र होइन, यसले शरीरभित्र गुप्त रूपमा रहेका रोगहरूका बारेमा पनि संकेत दिन्छ ।

सफा, स्वस्थ र सुन्दर नङले व्यक्तित्व बढाउँछन् । यिनले स्वास्थ्यको स्थिति पनि बताउँछन् ।

नङ छालाको एक महत्त्वपूर्ण भाग हो । मृत कोशिकाहरूबाट नङ बन्छ । नयाँ कोशिका बनेपछि मृत कोशिका हट्दै जान्छ र नङ बढ्छ ।

व्यक्तिको नङले पनि रोग निदानमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेको देखिन्छ । आधुनिक चिकित्सा विज्ञान (एलोप्याथिक)ले व्यक्तिको नङलाई रोग निदानबाहेक अन्य महत्त्व दिँदैन भने आयुर्वेदिक, होमियोप्याथिक, युनानी, आमची तथा अन्य वैकल्पिक चिकित्सा पद्धतिहरूमा बिरामीको नङको रङ परिवर्तन हुनुलाई विशेष महत्त्व दिइन्छ । कारण के हो भने रोग, रोगी र स्वास्थ्यको परिभाषा आधुनिक चिकित्सा एलोप्याथिकको कन्सेप्टभन्दा होमियोप्याथिकको अवधारणा अलिक फरक हुनुका साथै उपचार गर्ने तरिका पनि भिन्न छ ।

नङमा कुनै विकार वा आकारमा कुनै असामान्यता देखियो भने स्वास्थ्यका विषयमा सचेत भइहाल्नुपर्छ । नङमा आएको परिवर्तनले रोगको संकेत दिन्छ ।

नङवरिपरिको छाला रातो भएमा संक्रमण त्यसको कारण हुन सक्छ ।

नङ फाटेको छ भने एग्जिमा, फोक्सोको क्यान्सर, मुटुरोग वा थाइरोइडको संकेत हो ।

नङको फेदमा अर्धचन्द्र हुन्छ । यो अर्धचन्द्र एकदमै ठूलो देखियो भने शरीरमा रगतको कमी भएको संकेत हो । यसले आइरनको कमीका साथसाथै थाइरोइड र भिटामिन बी–१२ को कमीको पनि संकेत दिन्छ ।

नङ अत्यधिक सेतो भएमा रगतको कमी, पहेंलो भएमा फंगल संक्रमण र जन्डिस, कालो रेखा वा दाग भएमा मेलेनोमा अनि हलुका नीलो भएमा फोक्सोको समस्याको संकेत हो ।

नङमा सेता डोराहरू बने भने मिर्गौलाको समस्या र पौष्टिकताको कमी बुझ्नुपर्छ ।

नङलाई स्वस्थ राख्न यी उपाय अपनाउनुस् :

दाल र तरकारीमा भएको भिटामिन बी–७ ले नङको कमजोरी भगाउँछ ।

नङ नियमित सफा गर्नुस् र जैतूनको तेलले हल्का मसाज गर्नुस् ।

दुग्धजन्य पदार्थमा प्रचूर मात्रामा पोटेसियम, फस्फोरस र भिटामिन ए हुन्छ । यो खाएर नङको स्वास्थ्य बढाउँछन् ।

मनतातो पानीमा कागती र ग्लिसरिन हाल्नुस् अनि त्यसमा हात डुबाउनुस् ।

समयसमयमा म्यानिक्योर, ट्रिमिङ र शेपिङ गर्नुस् ।

एजेन्सी

No comments:

Post a Comment