मंगलबार स्याङ्गजा जिल्लाभर ३४ जनामा कोरोना संक्रमण पुष्टि, ३ को ज्यान गयो - Reporters7

Breaking

Post Top Ad

 


Tuesday, August 24, 2021

मंगलबार स्याङ्गजा जिल्लाभर ३४ जनामा कोरोना संक्रमण पुष्टि, ३ को ज्यान गयो

 

भाद्र ८, मंगलबार स्याङ्गजा जिल्लाभर ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बिभिन्न प्रयोगशालामा गरिएको परिक्षणमा पछिल्लो २४ घण्टामा  स्याङ्गजा जिल्लाभर सो संक्रमण पुष्टि भएको हो ।

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार संक्रमित हुनेहरुमा बिभिन्न स्थानमा गरि  २० महिला र १४ पुरुष रहेका छन् ।

त्यस्तै पछिल्लो  २४ घण्टामा ३ संक्रमितले ज्यान गुमाएका छन् । 

ज्यान गुमाउनेहरुमा स्याङ्गजा वालिङ- ८ कि ७२ बर्षीय कोरोना संक्रमित महिला , भिरकोट -३ कि ७५ बर्षिय महिला , र आँधिखोला -५ कि ५१ बर्षीय महिला रहेको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ  ।  उनीहरु सबैको संक्रमण देखिए पश्चात उपचारको क्रममा ज्यान गएको हो ।

No comments:

Post a Comment