काबुलमा विमानबाट खस्दा ज्यान गुमाउने मध्ये एक फुटबल खेलाडी पनि - Reporters7

Breaking

Post Top Ad

 


Friday, August 20, 2021

काबुलमा विमानबाट खस्दा ज्यान गुमाउने मध्ये एक फुटबल खेलाडी पनि

  


भाद्र ४, अफगानिस्तानको राजधानी काबुलमा गएको सोमबार अमेरिकी सेनाको कार्गो विमानबाट खस्दा ज्यान गुमाउने मध्ये एक जना फुटबल खेलाडीको पनि ज्यान गएको पुष्टि भएको छ ।

अफगानिस्तानका अधिकारीहरुले पुष्टि गरे अनुसार  १९ वर्षका जाकी अन्वारीको ज्यान गएको । अन्वारी राष्ट्रिय युवा टोलीका खेलाडी थिए ।

विमानबाट खसेर ज्यान गुमाउनेमध्ये उनी पनि एक भएको उनीहरुले बताएका हुन् । अन्वारी राष्ट्रिय युवा टोलीका खेलाडी थिए । उनको ज्यान कहिले गयो भन्नेबारे थप खुलाइएको छैन ।

विद्रोही समूह तालिबानले अफगानिस्तान नियन्त्रणमा लिएपछि जाकी अन्वारीले पनि देश छोड्न चाहेका थिए । 

 विमान उडेपछि विमानबाट केही व्यक्ति खसेको भिडियो सार्वजनिक भएको थियो ।  घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको बीबीसीले जनाएको छ। 


No comments:

Post a Comment