जापानमा बाढी र पहिरोका कारण २० जनाभन्दा बढी मानिस बेपत्ता, जनजीवन अस्तव्यस्त - Reporters7

Breaking

Post Top Ad

 


Sunday, July 4, 2021

जापानमा बाढी र पहिरोका कारण २० जनाभन्दा बढी मानिस बेपत्ता, जनजीवन अस्तव्यस्त

 


एजेन्सी,  मध्य जापानको सिजुको भन्ने स्थानमा शुक्रबार रातिदेखि परेको भारी वर्षा र त्यसपछि आएको बाढीमा परी २० जनाभन्दा बढी मानिस बेपत्ता भएका छन् ।

तटीय क्षेत्रमा दुई जनाको शव फेला परेको स्थानीय गभर्नरले बताएका छन् । बाढी र पहिरोका कारण कयौं घरहरु बगेका छन् भने कयौं घरहरु पुरिएका छन् ।

सिजुको अतामी शहरमा अविरल वर्षापछि आएको बाढीले १० ओटा घर बगाउँदा ती घरमा रहेका २० जना नागरिक हराएका हुन् । शनिबार बिहानदेखि हराएका उनीहरुको खोजी कार्य जारी छ ।

सो क्षेत्रमा केही दिन यतादेखि भारी मात्रामा वर्षा भइरहेको छ । वर्षाका कारण अन्य गाउँहरुमा पनि असर पुगेको छ ।

No comments:

Post a Comment