लायन्स क्लव अफ पाेखरा लायनस सीटीद्वारा सीद्देस्वर हरीहर मन्दिर परिसरमा वृक्षारोपण - Reporters7

Breaking

Post Top Ad

 


Saturday, July 10, 2021

लायन्स क्लव अफ पाेखरा लायनस सीटीद्वारा सीद्देस्वर हरीहर मन्दिर परिसरमा वृक्षारोपण


दिपक सुबेदी,

असार २६,  लायन्स क्लव अफ पाेखरा लायनस सीटीले सदा शिव जी सीद्देस्वर हरीहर मन्दिर पोखरा १७ सीतापाइला मन्दिर परीसरमा बृक्षाराेपण गरेको छ  ।

क्लबको पहलमा मन्दिर परिसरमा बिभिन्न प्रकारका  लप्सि,  नीम, बकैनो, चापका  गरि करिब ७० वटा   बिरुवाहरु रोपिएको  क्लबकी अध्यक्ष रिता सुवेदीले बताइन ।

बिगत देखि बिभिन्न समाजसेवाका कार्य गर्दै आइरहेको क्लबले आगामी दिनहरुमा पनि यी र यस्तै कार्यक्रम गर्दै जाने बताउदै सुबेदीले वृक्षारोपण कार्यक्रममा सहभागी सबैलाई धन्यवाद व्यक्त समेत गरेकी थिइन्  । 

त्यस्तै सो कार्यक्रममा जनप्रतिनिधि बैकुण्ठ भण्डारी , ठाकुर प्रसाद अधिकारि , प्रकाश सिंह भण्डारी , भावादत्त सुबेदी , प्रेम थापा संगै  क्लबका सदस्यहरु र  अन्य व्यक्तिहरुको उपस्थित रहेको थियो । 

No comments:

Post a Comment