दक्षिण अफ्रिका: हिंसा नियन्त्रण गर्न सेना परिचालन - Reporters7

Breaking

Post Top Ad

 


Tuesday, July 13, 2021

दक्षिण अफ्रिका: हिंसा नियन्त्रण गर्न सेना परिचालन

 


असार २९, दक्षिण अफ्रिकाका राष्ट्रपति सिरिल रामापोसाले आम नागरिकलाई ''हिंसाविरुद्ध उभिन'' आह्वान गरेका छन्। 
पूर्व राष्ट्रपति जेकब जुमा जेल परेसँगै त्यहाँ हिंसात्मक प्रदर्शनहरू भइरहेका छन्।

पसलहरू लुटिएका छन् भने भवनहरू आगजनीमा परेका छन्। खावटेयाङ राज्य र जुमाको गृह राज्य क्वाजुलु नटालमा सुरक्षा फौज परिचालन गरिएको छ।

गत हप्ता जुमाले प्रहरी समक्ष आत्मसमर्पण गरेसँगै कम्तीमा ६ जनाको मृत्यु भएको छ भने झन्डै ५०० जना पक्राउ परेका छन्।

भ्रष्टाचारसम्बन्धी एउटा अदालती सुनुवाइमा उपस्थित नभएका कारण उनलाई अदालतको अपहेलनामा दोषी ठहराइएको थियो।

संवैधानिक अदालतले आफ्नो सजाय फिर्ता लिने वा कम गरिदिने उनले अपेक्षा गरिरहेका छन्। तर त्यस्तो हुने सम्भावना भने कम रहेको कानुनका ज्ञाताहरूले बताइरहेका छन्।

भ्रष्टाचारको आरोप अस्वीकार गर्दै आएका ७९ वर्षका जुमालाइ १५ महिनाको जेल सजाय सुनाइएको थियो।

राष्ट्रपति रामाफोसाले हिंसाबाट टाढा रहन र देशलाई अस्थिर बनाउन चाहनेविरुद्ध दृढ रूपमा उभिन सर्वसाधारणहरूलाई आग्रह गरेका छन्। जुमालाई जुन २९ तारिखमा आफ्नो नौ वर्षे कार्यकालका बेला भएको भ्रष्टाचारसम्बन्धी सुनुवाइका क्रममा सबुत पेस गर्न दिइएको आदेश नमानेको आरोपमा १५ महिना लामो जेल सजाय सुनाइएको हो।

बीबीसीका अनुसार जुमाको नेतृत्वका बेला निर्णय लिने प्रक्रिया प्रभावित पार्नका लागि राजनीतिज्ञहरूसँग साठगाँठ गरेको व्यापारीहरूमाथि आरोप लगाइएको छ। 

No comments:

Post a Comment