स्याङ्जामा पछिल्लो दुई हप्तामा २० जना फरार प्रतिवादीहरु पक्राउ - Reporters7

Breaking

Post Top Ad

 


Thursday, July 8, 2021

स्याङ्जामा पछिल्लो दुई हप्तामा २० जना फरार प्रतिवादीहरु पक्राउ

 


असार २४, स्याङ्जामा पछिल्लो दुई हप्तामा जवरजस्ती करणी, लागुऔषध, बैदेशिक रोजगार, सावरी ज्यान नाता कायम, करकाप, गाली वेइज्ज्ती लगायतका विभिन्न मुद्धामा फैसला भएर  फरार भएका  २० जना प्रतिवादीहरु पक्राउ परेका छन् ।

पछिल्लो २ हप्तामा जिल्लाका विभिन्न स्थान र अन्य जिल्लाबाट  समेत समन्वय गरी २० जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय स्याङ्गजाले जनाएको छ ।

पक्राउ पर्नेहरुमा  सवारी ज्यान मुद्धामा फरार रहेको पुतलीबजार नगरपालिका ६ का ६५ वर्षीयय मोति प्रसाद गुरुङ्,  नावालिकालार्य जवरजस्ती करणी मुद्धामा ५ वर्ष कैद तोकिई फरार रहेका अर्जुनचौपारी गाउँपालिका २ का ७१ वर्षीय मन बहादुर रोकाय लगायत रहेका छन् ।

उनीहरुलाई स्याङ्जा जिल्ला अदालतले आवश्यक कारवाहीको लागि उपस्थित गराइसकेको छ ।

No comments:

Post a Comment