प्रगतिशील समूह पोखरा छोरेपाटन १७ बेलघारीको दोस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा सागर गिरि - Reporters7

Breaking

Post Top Ad

 


Saturday, July 10, 2021

प्रगतिशील समूह पोखरा छोरेपाटन १७ बेलघारीको दोस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा सागर गिरि


पोखरा ,  प्रगतिशील समूह पोखरा छोरेपाटन १७ बेलघारीको दोस्रो अधिवेशन आज  सम्पन्न भएको छ ।

अधिवेशनले स्वास्थ्य मापदण्ड अपनाउंदै सागर गिरिको अध्यक्षता नयाँ कार्य समिति गठन गरेको छ । समितिको   प्रथम उपाध्यक्षमा सन्तोष अधिकारि, दोस्रो उपाध्यक्ष खडग ब. थापा र  तेस्रो उपाध्यक्ष सरस्वती गिरि निर्वाचित भएका छन् ।

त्यसैगरी सचिबमा गोपाल अधिकारी सह सचिवमा राजु श्रेष्ठ , कोषाध्यक्षमा गोबिन्द अधिकारी, सह कोशाध्यक्षमा नरमाया श्रेष्ठ निर्वाचित भएका छन् भने  सदस्यमा भरत अधिकारी , सुनिता परियार,  दुर्गा श्रेष्ठ, मिनराज पौडेल ,सुनिता खडका र  सुमित्रा लामा निर्वाचित भएका छन्  ।

तारानाथ पौडेलको  प्रमुख आतिथ्यतामा   सम्पन्न भएको सो कार्यक्रमको  विशेष आथित्यता  बिजय गुरुङले गरेका थिए । कार्यक्रममा बोल्दै प्रमुख अतिथि पौडेलले आँफुबाट हुनसक्ने आर्थिक नैतिक भौतिक सहयोग गर्न  हरहमेशा तत्पर रहेको बताए । त्यस्तै बिशेष अतिथि बिजय  गुरुङले नव निर्वाचित कार्यसमितिलाई बधाई दिंदै नगद ३०५९ रुपैयाँ  सहयोग गरेका थिए  । त्यस्तै कार्यक्रममा दिपक सुबेदी,  संजाल का अध्यक्ष नन्द बहादुर पुन लगायतले आफ्ना भानाइ राखेका थिए  ।

त्यसैगरी संस्थाका कोषाध्यक्ष गोपाल अधिकारीले बर्षभरिको आयव्यय प्रस्तुत गरेका थिए भने स्वागत मन्तव्य  समूहका सह-सचिब सागर गिरिले राखेका थिए  ।

यस्तै संस्थाले प्रगतिशील समूहको नाम परिवर्तन गरेर प्रगतिशील टोल सुधार समिती राखेको छ ।

No comments:

Post a Comment