आँफुलाई सशस्त्र प्रहरीको घुमुवा बताउने एक व्यक्ति पक्राउ - Reporters7

Breaking

Post Top Ad

 


Monday, July 12, 2021

आँफुलाई सशस्त्र प्रहरीको घुमुवा बताउने एक व्यक्ति पक्राउ

 


असार २८, नेपाल–भारत सीमा क्षेत्र आँफुलाई सशस्त्र प्रहरीको घुमुवा  बताउने एक एक व्यक्ति पक्राउ परेका छन् ।  

सीमा क्षेत्रका बासिन्दालाई धाकधम्की दिंदै आफुलाई प्रहरीको घुमुवा बताउने रंगेली नगरपालिका–२ का २० वर्षीय मनिष राय पक्राउ परेको प्रहरीले जानेको छ  । 

उनले  सशस्त्रका नक्कली घुमुवा बनेर तस्करीको लाइन चलाउन सहयोग गर्छु भन्दै पैसा उठाउने गरेको स्थानीयको दाबि छ  ।

तस्करीको लाइन चलाएर सीमा वारिपारि सामान ल्याउन र लैजान सहयोग गर्ने भन्दै उनले केही महिला र स्थानीय बासिन्दालाई धम्की दिएर पैसा असुल्न खोजेको प्रहरीले बताएको छ । 

यस सम्बन्धमा थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

No comments:

Post a Comment