पोखराका विभिन्न वडाहरुमा आज र भोलि गरि २ दिन कोरोना बिरुद्दको खोप कार्यक्रम - Reporters7

Breaking

Post Top Ad

 


Wednesday, July 14, 2021

पोखराका विभिन्न वडाहरुमा आज र भोलि गरि २ दिन कोरोना बिरुद्दको खोप कार्यक्रम

 

दीपक सुवेदी ,

 पोखराका विभिन्न वडाहरुमा आज बुधबार र भोलि बिहिवार गरि  २ दिन खोप लगाउने कार्यक्रम रहेको छ  ।   

कास्कीका स्वास्थ्य कार्यालय प्रमुख बाबुराम आचार्यका अनुसार पोखरा कास्कीका गाउँपालिकाहरुमा  भने वडावडामै खोप लगाउने प्रबन्ध मिल्ने छ ।

''कास्कीमा आएको ३६ हजार डाेज चीनिया भेरोसिल खोप बुधबार  र बिहिवार  लगाउन लागिएको  हो'', उनले भने ।

चीनबाट सरकारले किनेर ल्याएको भेरोसेल खोप ५५ वर्ष र सो भन्दामाथिका उमेर समूहका खोप लगाउन बाँकी रहेका नागरिकलाई दिइने भएको हो । 

उमेर समूहमा पर्ने मानिसहरूले उमेर खुल्ने आधिकारिक प्रमाणपत्र देखाएर खोप लगाउन सक्नेछन् । प्राथमिकताभित्र परेका अन्य क्षेत्र र पेसाका मानिसहरूले पनि सम्बन्धित क्षेत्रको आधिकारिक प्रमाण पत्र देखाएर खोप लगाउन सकिने  बताइएको छ ।

No comments:

Post a Comment