मनसुनको सुरुवातमै बाढीको बितण्डा, संयन्त्रको भूमिका के त ? - Reporter Seven - Reporters7

Breaking

Post Top Ad

 


Monday, June 21, 2021

मनसुनको सुरुवातमै बाढीको बितण्डा, संयन्त्रको भूमिका के त ? - Reporter Seven


 मनसुनको सुरुवातमै बाढी पहिरोले बितण्डा मच्चाइरहेको छ । सुरुवाताकै मनसुनले दर्जनौको ज्यान लग्यो , कयौं मानसि हराएका छन् भने धेरैलाइ घरबास बिहिन बनायो । संगै विकास निर्माणका सामाग्री बगाउनुका साथै यसमा पनि ठुलो क्षति पुग्न गयो ।  जलविद्युतमा मात्रै  दस अर्बको क्षति पुगेको सरकारी अनुमान छ ।


यो वर्ष मात्र नभएर नेपालमा बर्षेनी बाढी पहिरो जस्ता प्राकृतिक विपत्तिले बितण्डा मच्चाउने गर्दछ । न तराइ न पहाड न हिमाल सबै क्षेत्रमा बाढी तथा पहिरोले बितण्डा मच्चाउँदा हुनु पर्नेजती  समन्वय सम्बन्धित निकायहरुको नभएको पाइन्छ । 

त्यसो त बिपत्ति पश्चात चाउचाउ , बिस्कुट र खाधान्न लिएर पुग्ने जुन सुकै निकायले पनि त्यो प्राकृतिक बितण्डबाट सजग र सतर्क अपनाउने सम्बन्धमा कुनैपनि पहल नगरेको  पाइन्छ ।
बिभिन्न सरकारी तथा गैह्रसरकारी तबरबाट भूबनोटको आधारमा हुनसक्ने क्षतिको बारेमा अध्ययन गरेर त्यस्तो ठाउँमा भएको बस्तीलाई  व्यवस्थित गर्न नलागे सम्म चाउचाउ ,बिस्कुट र तिरपाल बोकेर जाने क्रम रोकिन्छ भन्न सकिंदैन ।

यस बर्षको मनसुनको सुरुवातमै बाढीले बितण्ड मच्चाउँदा केही दिन अगाडि मात्र विपद व्यवस्थापनको सबै तयारि पुरा भएको भनेर खबर आएको थियो तर त्यो भनेको दुइ दिन पुरा हुन नपाउँदै  देशभर अनियन्त्रित रुपमा बाढीले तहसनहस मात्र परेन धेरैलाई घर ना घाटको पारिदियो  । 
विपत् व्यवस्थापनसम्बन्धी सरकारका केन्द्रमै थुप्रै  संयन्त्र हुँदाहुँदै पनि त्यो भएको आभास पिडितले गर्न पाएका हुँदैनन्  ।

यसरी सम्बन्धित निकायको  कमजोर विपत् व्यवस्थापनकै कारण बर्सेनि ठूलो जनधनको क्षति हुने गरेको छ ।

No comments:

Post a Comment