तन्त्र फेरियो तर मन्त्र फेरिएन - DR kaphle - Reporters7

Breaking

Post Top Ad

 


Tuesday, June 1, 2021

तन्त्र फेरियो तर मन्त्र फेरिएन - DR kaphle

 


 न त  कुनै एजेण्डा छ न त कुनै स्पष्ट देश हाँक्ने विचार, छ त केवल सत्ता प्राप्तिको रणनीति अनि जालझेल । अहिले नेपाली राजनीति एक पोइका चार श्रीमतीको लडाई भन्दा कुनै कम देखिएको छैन । 

देशमा राणा शासन ढल्यो, राजतन्त्र पनि ढल्यो  त्यसपछि देशमा गणतन्त्र आएसंगै राजनीतिक व्यवस्था फेरियो तर पनि सर्वसाधारणको जीवन फेरिएन । यहाँ देश संचालनको प्रणाली फेरियो तर काम फेरिएन । यहा राजनैतिक दलका नाम फेरीए तर काम गर्ने पद्दति फेरिएन । त्यतिमात्र होइन शासन सत्ता र प्रणाली जे सुकै फेरीएपनि यहाँ काम गर्ने ढंग र शैली फेरिएन । जनवादका नारा घन्काउने ति कण्ठहरू खै कुन्नि कहाँ गएर  सेलाए, यहाँ अब गाउँगाउँमा सरकार भनियो तर जनताको आलोघाउमा लाउनुपर्ने मलम पट्टि फेरिएन ।   फेरियो त केवल तिनै  जनता झुक्काउनेवालाहरुको   जीवन शैली , अनि तिनीहरुकै घर अनि फेरीयो तिनका नातागोता र आफन्तको जीवन शैली  । तर हिजो हराएको हरि अझै घर फर्केको छैन , हिजो सिन्दुर मेटिएकी ति पुतलीको मनभित्रको चोट अझै निको भएको छैन ।  गोठालो गएको छोरा घर नफर्किंदा आँशुमा डुबेकी आमाको कोखले कति सराप्दोहो ति कथित नारा लिएर सत्ता भोग र स्वार्थ प्राप्तिमा झुटो आश्वासन देखाउने ति पात्रलाई जो अहिले पनि सत्ता प्राप्तिमै लिप्त छन् ।

सायद लाज भन्ने शब्द तिनीहरुकालागि शब्दकोषमा पनि छैन होला जो हिजो जनतालाई कथित अनि झुटो आस्वाशन देखाएर पुस्तौं पुस्तालाइ पुग्ने सम्पति कुल्याउनमा तल्लिन छन् अनि त्यो कुर्ची आफ्नै पोल्टामा पार्नमा तल्लिन छन् ।

राजतन्त्र हुँदै गणतन्त्र भनेर तन्त्रको नाम फेरियो तर नदि किनारामा बालुवा चालेर जीवन निर्वाह गरेको नरेको जिन्दगी अहिलेसम्म एक रत्ति पनि फेरिएको छैन , नत उसका सन्ततीले अक्षर चिन्न पाए न त शान्तिले बाँच्न , उ त केवल एउटा यस्तो यन्त्र हो जुन राज्यका लागि भोट दिने बेला मात्र काम लाग्छ अनि  तिनै गद्दारहरुलाई कुर्ची सम्म पुर्याउन ।  

देशमा सत्ता लुछाचुँडी को कलहमा  छिमेकीले पर्दा पछाडीबाट बजाइदिएको संगितको तालमा नाच्न तल्लिन छन् नेतृत्वकर्ताहरु जसलाई पछाडी फर्केर जनता सामु खाएका ति कसम र गरेका प्रतिबद्दता न त सोच्ने फुर्सद छ न त सम्झने नै । हो उसलाई चाहिन्छ त केवल सत्ता उ सत्ताको लागि जे पनि गर्न तयार छ, उ सम्झौता मात्र हैन सति पनि जान तयार छ सत्ताकालागी 

न त हिजो उसको विचार मिल्यो न त आज मिल्छ न त भोलि नै तर उ सत्ता प्राप्तीका  लागि जो संग जे पनि गर्न तयार छ जस्तो सुकै सम्झौता गर्न पनि तयार छ यो पढ्दै गर्दा लाग्न सक्छ तपाईलाई, मिल्नु नराम्रो हो र ?  तर यहाँ त न तराइमा मिचिएको भुमि फिर्ता ल्याउन मिलियो न त महाकाली फिर्ता ल्याउन मिलियो न त कालापानी लिपुलेकमा पिल्लर गाढ्न मिलियो , केबल मिलियो त सत्ता प्राप्ति र आफ्नै स्वार्थका लागि मिलियो 

सम्झनुस त सर्वसाधारणको जीवनलाइ थोरै उकास्न अनि तिनै हरि नरे र पुतलीको घाउमा मलम पट्टि लगाइदिन यसरि मिलिदिएको भए सायद मेरा हातहरुले आज यति लेखिरहनु पर्दैनथ्यो होला ! 

राणा शासन, राजतन्त्र अनि गणतन्त्र यी तिन तन्त्र फेरिए तर शासकहरुको मन्त्र फेरिएन  !

No comments:

Post a Comment