जेसिबीको बकेटले ठक्कर दिई वडाध्यक्षको हत्या - Reporters7

Breaking

Post Top Ad

 


Saturday, June 26, 2021

जेसिबीको बकेटले ठक्कर दिई वडाध्यक्षको हत्या

 

शुक्रबार राती जेसिबी चालकसँग विवाद भएर जेसिबीले ठक्कर दिई वडाध्यक्ष सूर्य कुमार श्रेष्ठको हत्या भएको खुल्न आएको छ ।

सर्लाहीको ईश्वरपुर नगरपालिका–३, भक्तिपुरका ५५ वर्षीय वडाध्यक्ष सूर्य कुमार श्रेष्ठको जेसिबी चालकसँग विवाद पश्चात  जेसिबीले ठक्कर दिई हत्या हत्या गरिएको खबर प्राप्त भएको छ । 

श्रेष्ठलाई जेसिबीको बकेटले ठक्कर दिएर लडाएको र त्यसपछि माटोले पुरेको पाइएको सर्लाहीका प्रहरी उपरीक्षक (एसपी) सन्तोष सिंह राठौरले जानकारी दिए  ।  घटनामा संलग्न भएको आरोपमा जेसिबीका ठेकेदार ईश्वरपुर नगरपालिका–३, कै ३५ वर्षीय प्रेमराज दाहाल र जेसिबीका चालक बरहथवा नगरपालिका–१, का ३८ वर्षीय रविन भन्ने हर्क बहादुर तामाङलाई प्रहरी नियन्त्रणमा लिइएको छ ।

घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

No comments:

Post a Comment