गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेकपा (एमाले) प्रदेश संसदीय दलका नेता गुरुङको दाबी पेश - Reporters7

Breaking

Post Top Ad

 


Saturday, June 12, 2021

गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेकपा (एमाले) प्रदेश संसदीय दलका नेता गुरुङको दाबी पेश


जेष्ठ २९, गण्डकी प्रदेशको मुख्यमन्त्रीका लागि नेकपा (एमाले) प्रदेश संसदीय दलका नेता पृथ्वीसुब्बा गुरुङले दाबी पेश गरेका छन्। 

जसपा सांसद विपक्षी गठबन्धनमा भए पनि गुरुङले जसपा केन्द्रीय सदस्य शंकर गौतम र तत्कालीन राजपाका गण्डकी संयोजक अनिल परियारको पत्र बुझाएका हुन्।

राष्ट्रिय जनमोर्चा र जनता समाजवादी पार्टीको समर्थनको पत्रसहित गुरुङ प्रदेश प्रमुख सीताकुमारी पौडेलसमक्ष दाबी पेश गरेका हुन्।

 उनले जसपा अध्यक्ष महन्थ ठाकुर पक्षको पत्र र जनमोर्चाका कृष्ण थापाको पत्र बुझाएका छन् । 


No comments:

Post a Comment