प्रधानमन्त्री ओली लक्षित आपत्तिजनक र संसदीय मर्यादा विपरीत अभिव्यक्ति दिइएका वैद्यले गरे आत्मालोचना - Reporters7

Breaking

Post Top Ad

 


Saturday, June 12, 2021

प्रधानमन्त्री ओली लक्षित आपत्तिजनक र संसदीय मर्यादा विपरीत अभिव्यक्ति दिइएका वैद्यले गरे आत्मालोचना


जेष्ठ २९, प्रदेश सभा बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली लक्षित आपत्तिजनक र संसदीय मर्यादा विपरीत अभिव्यक्ति दिइएका बागमती प्रदेश सभाका सदस्य नरोत्तम वैद्यले आत्मालोचना गर्दे सो अभिव्यक्ति फिर्ता लिएका बताएका छन् ।

 हिजो प्रदेश सभाको बैठकमा दिएको अभिव्यक्तिको आत्मालोचना गर्दे सो अभिव्यक्ति फिर्ता लिएका बताएका हुन् ।

 उनले आफ्नो  उक्त अभिव्यक्तिलाई संसदको रेकर्डबाट हटाउन समेत सभामुखलाई आग्रह गरेको बुझिएको छ  ।

'हिजो मैले संसदको रोष्टममा उभिएर प्रतिक्रिया दिने क्रममा सम्मानीय प्रधानमन्त्रीज्यू प्रति लक्षित प्रयोग भएका केही शब्दहरू आपत्तिजनक र संसदीय मर्यादाविपरीत भएको मैले महसुश गरेको छु, शनिबारको बैठकमा लिखित वक्‍तव्‍य वाचन गर्दै उनले भनेका छन्, 'सम्मानीय प्रधानमन्त्री माथि मैले दिएको अभिव्यक्तिप्रति मेरो संसदीय दलले फिर्ता लिन निर्देशन गरेको र मैले आफैले पनि आफूले बोलेको कुरा कुटनीति र संसदीय मर्यादा विपरीत रहेको महसुश गरेको छु ।'



No comments:

Post a Comment