गण्डकी प्रदेश सरकारलाई सिआरएसको १ करोड २० लाख रुपैयाँ बराबरको स्वास्थ्य सामाग्रीहरु सहयोग - Reporters7

Breaking

Post Top Ad

 


Wednesday, June 30, 2021

गण्डकी प्रदेश सरकारलाई सिआरएसको १ करोड २० लाख रुपैयाँ बराबरको स्वास्थ्य सामाग्रीहरु सहयोग

 

दिपक सुवेदी,

असार १६, सि आर एसले  गण्डकी प्रदेश सरकारलाई १ करोड २० लाख रुपैयाँ बराबरको स्वास्थ्य सामाग्रीहरु सहयोग गरेको छ । 

आज एक बिशेष कार्यक्रमका बिच सि आर एस को आर्थिक सहयोग तथा कारितास नेपालको समन्वयमा १ करोड २० लाख रुपैयाका स्वास्थ्य सामाग्रीहरु गण्डकी प्रदेश सरकारलाई हस्तान्तरण गरेको हो । 

सि आर एसले अक्सिजन कन्सनट्रेटर लगायतका ३० भन्दा बढी प्रकारका स्वास्थ्य सामाग्रीहरु हस्तान्तरण गरेको हो ।


कार्यक्रममा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रि माननीय मधुमाया अधिकारी गुरुङ ,गण्डकी प्रदेश स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिब डा. बिनोद बिन्दु शर्मा,  स्वास्थ्य तालिम केन्द्र र प्रदेश आपूर्ति ब्यबस्थापन केन्द्रका निर्देशक श्री खिम बहादुर खड्का, संक्रामक तथा सरुवारोग अस्पतालका निर्देशक डा. बिकाश गौचन, महाशाखा प्रमुख डा. राम बहादुर के.शि., प्रदेश स्वास्थ्य आपतकालीन कार्यसंचालन केन्द्रका संयोजक नबराज शर्मा, कारितास नेपालका कार्यक्रम संयोजक श्री हरिस सिंह कुँव साथै पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान, पोखराका प्रतिनिधि लगायतको उपस्थिति रहेको थियो ।


No comments:

Post a Comment