सुविधा उपलब्ध गराउने मुख्यमन्त्री नेपालीले गरेको निर्णयप्रति'अनेरास्ववियु कास्कीकोआपत्ति - Reporters7

Breaking

Post Top Ad

 


Sunday, June 13, 2021

सुविधा उपलब्ध गराउने मुख्यमन्त्री नेपालीले गरेको निर्णयप्रति'अनेरास्ववियु कास्कीकोआपत्ति


जेष्ठ ३०, पोखरा ।  अखिल नेपाल राष्ट्रिय  स्वतन्त्र बिधार्थी युनियन कास्कीले गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णचन्द्र नेपालीले नियुक्ती लिए पश्चात सुरुमै लिएको निर्णयप्रति दुख व्यक्त गर्दै आपत्ति जनाएको छ । 

मुख्यमन्त्री नेपालीले सुरुमै पूर्वमुख्यमन्त्रीहरुलाई सुविधा उपलब्ध गराउने गण्डकी सरकारको निर्णय प्रति अखिल नेपाल राष्ट्रिय  स्वतन्त्र बिधार्थी युनियन कास्कीले आपत्ति जनाएको हो । 

बिज्ञप्ति जारि गर्दै यो महामारीमा जनतालाई खोप दिलाउन र जनताको जीवन रक्षाकालागि नसोची यस्तो निर्णय गर्नुले राम्रो संकेत नगरेको अनेरास्ववियु कास्कीका संयोजक बिजय पौडेलले  बताए । 

त्यस्तै युनियनले जनजीवनको सवालमा ध्यान दिन र उक्त निर्णय फिर्ता लिन समेत जोडदार माग गरेको छ । 



No comments:

Post a Comment