गण्डकी प्रदेशमा नयाँ सरकार गठनको समय सिमा सकिँदै , के छ त तयारी ?- Reporter Seven - Reporters7

Breaking

Post Top Ad

 


Wednesday, May 12, 2021

गण्डकी प्रदेशमा नयाँ सरकार गठनको समय सिमा सकिँदै , के छ त तयारी ?- Reporter Seven

 


वैशाख २९, पोखरा । पृथ्वीसुब्बा गुरुङले मुख्यमन्त्रीबाट राजीनामा दिएपछि नयाँ सरकार गठनका लागि प्रदेश प्रमुखले दिएको ३ दिनको समयसमीमा आज सकिँदैछ । उनले राजिनामा दिए संगै प्रदेश प्रमुख सीता पौडेलद्वारा संविधानको धारा १६८ को उपधारा २ अनुसार दलहरूलाई नयाँ सरकार गठनको दाबी पेस गर्न आज बुधवार अपराह्न ५ बजेसम्मको समय दिइएको छ  ।

यसरी दलहरुले तोकिएको समय भित्र बहुमत पुर्याएर नयाँ मुख्यमन्त्रीको नाम पेस गरि सक्नुपर्नेछ ।  त्यसो नभएमा सबैभन्दा धेरै सदस्य भएको दलका नेतालाई प्रदेश प्रमुखले मुख्यमन्त्रीमा नियुक्ति दिनुपर्ने प्राबधान रहेको छ ।

अहिले सम्म दलहरुबाट यस्तो खालको कुनै निर्णय हुन सकेको छैन ।  यसरि दिनभरमा कुनै चमत्कार हुन नसके पुनः गुरुङ नै मुख्यमन्त्री हुने पक्का जस्तै भएको छ ।

६० सदस्यीय  प्रदेशमा एमालेका २७ सांसद , कांग्रेसका १५ सांसद,माओवादी केन्द्रका १२ सांसद , राष्ट्रिय जनमोर्चाका ३ सांसद रहेका छन् भने जसपा र स्वततन्त्रबाट एकएक सांसद रहेका छन् ।


No comments:

Post a Comment