मानिसको दैनिकी नबुझिदिने कोरोना की कोरोना नबुझ्ने हामि - Reporter seven - Reporters7

Breaking

Post Top Ad

 


Monday, May 24, 2021

मानिसको दैनिकी नबुझिदिने कोरोना की कोरोना नबुझ्ने हामि - Reporter seven



कोरोनाको दोश्रो महामारी फैलिएसंगै विभिन्न जिल्लामा बिभिन्न खाले निषेधाज्ञा लागु गरियो । संक्रमितको सम्पर्कमा आएपछि होस् वा सामाजिक दुरी कायम नगर्दा होस् कोरोना सुरुवातबाट सामाजमा फैलिरहेको छ । 

बिभिन्न जिल्लाका स्थानीय निकायहरुले यसरि निषेधाज्ञाको समय तोकिदिएका छन् की मानौं कोरोना सक्रिय र निष्क्रिय हुने समय छ । धेरै जसो ठाउँहरुमा बिहान ९ बजे सम्म को समयलाई आवतजावतमा सहज गारिदिएका छन् । किनमेल गर्न होस् वा कुनै अन्य कामका लागि होस् निषेधाज्ञा भनिएका ठाउँहरुमा यो समय सम्म मानिसको आवतजावत मात्र होइन किनमेल गर्ने ठाउँमा त ठुलै भिड पनि लागेको हामि देख्न सक्छौं । 

यसरि संक्रमितको संख्या संगै मृतकको संख्यमा पनि दिनहुँ बृद्दी भैरहँदा साँचिकै कोरोना नियन्त्रणनै गर्ने हो भने डब्लू एच ओ को सुझाव र यसको मान्यता अनुसार पूर्णरुपमा पुरै समय प्रत्येक नागरिकलाई आइसोलेट गर्न किन नसकेको होला? की नचाहेको होला ? यसो त नियन्त्रण गर्ने नाममा अहिलेको समाजमा निश्चित समुदाय   घर भित्रै बसेको छ भने  केहि समुदाय तरकारी किन्ने नाममा होस् वा मर्निङ वाक गर्ने बहानामा होस् अझै पनि लखर लखर हिड्न छाडेका छैनन ।

बाहिर सुन्दा पूर्ण रुपमा निषेधाज्ञा भनेर भनीए पनि वास्तवमै कोरोना नियन्त्रणकै लागि भनेर गरिएको यस्तो प्रकारको अर्ध निषेधाज्ञाले आशा गरीए अनुसार न त कोरोना नियन्त्रणमा सहयोग पुग्ने छ न त अकालमा ज्यान गुमाउनेको संख्या घट्ने छ । केवल यसको सजाय त दीर्घरोगी र  उमेर भएरै पनि यो रोग संग लड्ने क्षमता कम भएका हरुले भोग्न बाध्य हुनेछन । त्यसैले हरेक तह र तप्का संगै हरेक नागरिकले यो कुरा समयमै बुझ्नु जरुरी छ ।

No comments:

Post a Comment