गण्डकी प्रदेशमा तिन दलको नयाँ सरकार गठनको खेल समाप्त , पोखरेलको मुख्यमन्त्री बन्ने बाटो बन्द- Reporter seven - Reporters7

Breaking

Post Top Ad

 


Tuesday, May 11, 2021

गण्डकी प्रदेशमा तिन दलको नयाँ सरकार गठनको खेल समाप्त , पोखरेलको मुख्यमन्त्री बन्ने बाटो बन्द- Reporter seven

  


 वैशाख २८, पोखरा | गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ बिरुद्द अविश्वासको प्रस्ताव ल्याउने दलहरुको खेल समाप्त भएको छ  । कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादीको विपक्षी समूहलाई    मुख्यमन्त्रीले राजीनामा दिएपछि  उनीहरुको हालको नयाँ सरकार गठनको  खेल समाप्त भएको   हो ।

६० सदस्य रहेको गण्डकी प्रदेश सभामा नयाँ सरकार निर्माणका लागि ३१ सांसद चाहिने भएपनि जनमोर्चाका सांसद कृष्ण थापाले हस्ताक्षर गर्न नमानेपछि नयाँ सरकार निर्माणको खेल बन्द भएको हो ।

गण्डकी प्रदेश सभाकी सचेतक पियारी थापाले पोखरेल नेतृत्वको गठबन्धनको पक्षमा हस्ताक्षर गर्न संसदीय दलमा ह्विप जारी गरेपनि  त्यो निर्णयलाई प्रदेशका सांसद  कृष्ण थापा र खिमविक्रम शाहीले टार्न खोज्दा बहुमत हस्ताक्षर जुट्न नसकेको हो  ।

यो संगै हाललाई नेपाली कांग्रेसका कृष्णचन्द्र नेपाली पोखरेलको मुख्यमन्त्री बन्ने बाटो बन्द भएको छ ।

No comments:

Post a Comment