स्याङ्गजामा पुन दुइजनाले गरे झुण्डिएर आत्महत्या- Reporter seven - Reporters7

Breaking

Post Top Ad

 


Monday, May 17, 2021

स्याङ्गजामा पुन दुइजनाले गरे झुण्डिएर आत्महत्या- Reporter seven

 


जेष्ठ ३, स्याङ्जामा आत्महत्या गर्नेहरुको संख्या दिनानुदिन बढिरहेको छ । पुनः स्याङ्गजामा झुण्डिएर दुई जनाले आत्महत्या  गरेका छन्  ।

आत्महत्या गर्नेहरुमा  वालिङ नगरपालिका वडा नं २ बस्ने १८ बर्षीय  छविलाल दर्जिको झुण्डिएर शुक्रबार मृत्यु भएको प्रहरीले बताएको छ । दर्जि आफ्नो घर नजिकै रहेको कटुसको रुखमा डोरीको पासो लगाई झण्डिएको अवस्थामा भेटिएका थिए  ।

त्यस्तै गल्याङ नगरपालिका वडा नं ८ चिदिहार बस्ने ४० वर्षीय ईन्द्र बहादुर राना रहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ  ।    उनले  आइतबार आफ्नै घरदेखि नजिकै रहेको खनियाको रुखमा डोरीको पासो लगाई झण्डिएका थिए  ।

उनीहरु दुबैको मृत्यु बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


No comments:

Post a Comment