आइतबार गण्डकी प्रदेशमा १७ संक्रमितले ज्यान गुमाए - reporter seven - Reporters7

Breaking

Post Top Ad

 


Sunday, May 23, 2021

आइतबार गण्डकी प्रदेशमा १७ संक्रमितले ज्यान गुमाए - reporter seven


जेष्ठ ९, आइतबार गण्डकी प्रदेशमा १७  संक्रमितको ज्यान गएको छ । गण्डकी प्रदेशका विभिन्न अस्पतालहरुमा उपचाररत १७ जनाको उपचारको क्रममा ज्यान गएको हो ।

ज्यान जानेहरुमा  स्याङजाका ४ जना, म्याग्दीका ३ जना, कास्कीका २ जना,  पर्वतका र तनहुँका १/१  जना,  गाेरखाका २ जना,  नवलपुरका र  लमजुङका १/१  जना रहेका छन् । त्यस्तै गण्डकी प्रदेशमै  ज्यान जानेहरुमा  सिन्धुलीका  र भारतका १/१  जना गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा. बिनोद बिन्दु शर्माले बताउनुभयो  ।

यो संगै गण्डकी  प्रदेशमा कोभिड बाट  ज्यान जानेको  संख्या ५३१ पुगेको समेत निर्देशक शर्माले जानकारी दिनुभयो ।

No comments:

Post a Comment