नेपालमा पछिल्लो हप्ता कोरोना संक्रमण बाट मुक्त हुनेहरुको संख्यामा बृद्दी - Reporter seven - Reporters7

Breaking

Post Top Ad

 


Monday, May 10, 2021

नेपालमा पछिल्लो हप्ता कोरोना संक्रमण बाट मुक्त हुनेहरुको संख्यामा बृद्दी - Reporter seven


नेपालमा कोरोना भाइरसको दोश्रो लहर सुरु भए संगै संक्रमितको संख्या बढिरहँदा यता   संक्रमणबाट निको हुनेको संख्या पनि बढ्दै गएको छ ।

आइतबार एकैदिन चार हजारभन्दा धेरै कोरोना सङ्क्रमणमुक्त भएका छन् ।  स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार आइतबार चार हजार २२ जना कोरोना सङ्क्रमणमुक्त भएका हुन्  । आठ हजार आठ सय ८५ जना कोरोनाका नयाँ संक्रमित थपिएका छन् ।  थपिएका कोरोना  संक्रमितको तुलनामा निको हुनेको दर ४५ दशमलव २६ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । 

 अघिल्लो हप्ता सोमबारदेखि हिजो आइतबारसम्म कोरोना भाइरस संक्रमणबाट निको हुनेको संख्या बढ्दै गएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्याङ्कमा उल्लेख छ । गएको वैशाख २० गते सोमबार सात हजार दुई सय ११ जना नयाँ संक्रमित थपिएकामा  एक हजार सात सय १२ जना निको भएका थिए । यो भनेको एक दिनमा नयाँ थपिएका संक्रमितमध्ये निको हुने दर २२ दशमलव ३५ प्रतिशत हो । 

अहिलेसम्मको जम्मा संक्रमितमध्ये निको हुने दर ७६ दशमलव ७ प्रतिशत छ । हरेक दिनको तथ्यांक केलाउँदा भने निको हुने दर कम देखिन्छ । तर एक हप्तायता निको हुने दर बढिरहेको छ । 


No comments:

Post a Comment