आज पछिल्लो २४ घण्टामा कास्कीका ९ सहित गण्डकीमा थप १९ संक्रमितको मृत्यु - R-Seven - Reporters7

Breaking

Post Top Ad

 


Friday, May 21, 2021

आज पछिल्लो २४ घण्टामा कास्कीका ९ सहित गण्डकीमा थप १९ संक्रमितको मृत्यु - R-Seven


जेष्ठ ७, पोखरा | आज शुक्रबार गण्डकी प्रदेशमा थप १९ जनाको कोरोना संक्रमणबाट ज्यान गएको छ । पोखराका विभिन्न  अस्पतालहरुमा उपचाररत ११ जनासहित गण्डकी प्रदेशमा १९ जना कोरोना संक्रमितहरुको ज्यान गएको हो  ।

ज्यान जानेहरुमा स्याङजा जिल्लाका २ जना, कास्की जिल्लाका ९ जना, पर्वतका ३ जना,  नवलपुरपूर्व जिल्लाका २ जना  र तनहुँ जिल्लाका ३ जना रहेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा.बिनोद बिन्दु शर्माले बताउनुभएको छ ।

निर्देशक शर्माका अनुसार यो संगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट ज्यान जानेको संख्या ४९३ पुगेको छ ।

पुरा विवरण :




No comments:

Post a Comment