नेपाल समूह सामूहिक राजीनामा पनि नदिने, मतदान प्रकृयामा पनि भाग नलिने - Reporters7

Breaking

Post Top Ad

 


Monday, May 10, 2021

नेपाल समूह सामूहिक राजीनामा पनि नदिने, मतदान प्रकृयामा पनि भाग नलिने


नेकपा एमालेको माधवकुमार नेपाल समूहले सामूहिक राजीनामा नदिने निर्णय गरेको छ ।

सिंहदरबारमा बसेको बैठकले सामूहिक राजीनामा नदिने बरु प्रतिनिधि सभाको आजको बैठकमा अनुपस्थित रहने निर्णय गरेको छ । एमाले नेता भीम रावलले पार्टीभित्र आफूहरुको असन्तुष्टि यथावत् रहेको बताउनुभयो ।

त्यस्तै भर्खर सकिएको नेपाल पक्षीय सांसदहरुको बैठकले विश्वासको मत लिने मतदान प्रकृयामा भाग नलिने निर्णय गरेको हो ।

यसअघि चर्चामा आए झैं यो समूहले सामूहिक राजिनामा भने नदिने भएको छ । राजिनामा पनि नदिने र विश्वासको मत सम्बन्धी प्रकृया अनुपस्थित हुने निर्णय भएको नेता भीम रावलले जानकारी दिनुभयो ।

नेपाल समूहको यो निर्णयसँगै कति जना सांसद आजको मतदानमा अनुपस्थित हुन्छन भन्ने एकिन नभएपनि सत्तारुढ दलकै सांसदले विश्वासको मत नदिने भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत प्राप्त हुने सम्भावना कम भएको छ ।

No comments:

Post a Comment