नेपाली कांग्रेसका सभापति देउवाद्वारा अर्को सरकार गठनका लागि प्रक्रिया अगाडि बढाउन आह्वान-Reporter seven - Reporters7

Breaking

Post Top Ad

 


Monday, May 10, 2021

नेपाली कांग्रेसका सभापति देउवाद्वारा अर्को सरकार गठनका लागि प्रक्रिया अगाडि बढाउन आह्वान-Reporter seven


प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपालको संविधानको धारा ७६ को उपधारा (२) बमोजिम अर्को सरकार गठनका लागि प्रक्रिया अगाडि बढाउन आह्वान गरेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभाको आजको बैठकमा विश्वासको मतका लागि राखेको प्रस्तावमा उनले प्रधानमन्त्रीले संविधानको धारा १०० को उपधारा (१) बमोजिम विश्वासको मतका लागि प्रतिनिधिसभा समक्ष राखेको प्रस्ताव पारित नहुने जनाउँदै सो आह्वान गरेका हुन् ।

आफूहरुले प्रतिपक्षका रुपमा सरकारलाई हमेशा रचनात्मक र सहयोगी भूमिका निर्वाह गरेको जनाउँदै कार्यकारी प्रमुख प्रधानमन्त्रीले अरुमाथि दोष र गुनासा थुपारेर जिम्मेवारीबाट भाग्न नपाइने उनको भनाइ थियो ।

मित्र राष्ट्रसँग सन्तुलित सम्बन्ध कायम हुन नसकेको, कोभिड–१९ को भयावह अवस्थामा अन्तरराष्ट्रिय संघसंस्था र मित्र राष्ट्रबाट रोकथाम र नियन्त्रण गर्न र नेपाली नागरिकलाई बचाउन आवश्यक सामग्री, औषधि खोपलगायत प्राप्त हुन सक्ने सहयोग पनि सरकारले लिन नसकेको आरोप कांग्रेस संसदीय दलका नेता देउवाको थियो ।

अस्पतालमा  भेन्टिलेटर नपाएर नागरिकले ज्यान गुमाउनु परेको तथा कोरोनाको महामारी प्रारम्भ भएको एक वर्षभन्दा बढी समय भइसक्दा पनि सरकारले नियन्त्रण र रोकथामको प्रभावकारी व्यवस्था नगरेको देउवाको आरोप थियो ।

No comments:

Post a Comment