गण्डकी प्रदेशमा सोमबार थप २० संक्रमितको ज्यान गयो - - Reporters7

Breaking

Post Top Ad

 


Monday, May 24, 2021

गण्डकी प्रदेशमा सोमबार थप २० संक्रमितको ज्यान गयो -

 

जेष्ठ १० गते , पोखरा । आज सोमबार गण्डकी प्रदेशमा २० जना कोरोना सन्क्रमितको ज्यान गएको छ । 

प्रदेशका विभिन्न अस्पतालमा उपचाररत संक्रमितहरुको उपचारका क्रममा विभिन्न जिल्लाका २० जनाको ज्यान गएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ 
यो संगै गण्डकीमा कोरोना संक्रमण भएर ज्यान जानेको संख्या ५५१ पुगेको छ ।
आज ज्यान गुमाउनेहरुमा  स्याङजाका ६ जना, पर्वत र बाग्लुङका ४ /४ जना, रुपन्देही र तनहुँका २/२ जना त्यसैगरि कास्की र मुस्ताङका १/१ जना  रहेको प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा. बिनोद बिन्दु शर्माले बताउनुभएको छ  ।


No comments:

Post a Comment