कोरोना भगाउन जनता बलि पुजामा व्यस्त , सम्बन्धित निकाय मौन , कस्ले लिने जिम्मा ? - Reporters7

Breaking

Post Top Ad

 


Wednesday, May 19, 2021

कोरोना भगाउन जनता बलि पुजामा व्यस्त , सम्बन्धित निकाय मौन , कस्ले लिने जिम्मा ?

 

कोरोनाको दोश्रो लहरको महामारी संगै  सरकार यतिबेला  सिलिण्डर आयात र संकलनमा व्यस्त छ । त्यसो त अक्सिजन आपूर्तिलाई नै लिएर सरकारको त्यस्तै बिरोध पनि भइरहेको  छ । 

त्यति मात्रै नभएर टिनको छानो हालेर परिवारलाई खुसि दिन बिदेसिएका नेपाली दाजुभाइ दिदीबहिनीहरु संगै बिभिन्न संघसंस्थाको ध्यान पनि सिलिण्डर तिरै छ र सहयोग पनि गरिरहेका छन् । 

तर यता कतिपय ठाँउमा कोरोना भगाउने भन्दै बलि दिने र आपसमा जम्मा भएर पुजा आजा गर्ने काम भइरहेको छ । कुरा हो स्याङ्गजा अर्जुनचौपारी गाउँपालिका ३ को , यहाँ कोरोना भगाउने र यसलाई रोक्ने भन्दै  सामाजिक सहभागितामै बलि सहितको पुजा गरिएको छ  । 


यो महामारीको समयमा यो अवस्था हुँदा समेत त्यहाँको बागडोहोर सम्हालेको स्थानीय निकायको यस सम्बन्धमा चेतना फैलाउने काम प्राय शुन्य देखिन्छ । 

त्यस्तै गएको बर्षमा पनि  कोरोना भाइरसको संक्रमण रोक्ने नाममा  मधेशका कतिपय स्थानमा पनि अन्धविश्वासलाई मलजल पुग्ने गरी पुजा गरिएको थियो   । जनकपुरधाम उप-महानगरपालिका वार्ड ७ को मुसहरी टोल र वार्ड २० देवपुरा रुपैठा भन्ने टोलमा धामी-झाँक्रीसहित कोरोना भगाउने भन्दै पूजापाठ गरिएको थियो ।

यस सन्दर्भमा आफ्नो धर्म संस्कृति, रितिरिवाज र चालचलन भनेका हाम्रा सम्पत्ति हुन् यसमा कसैको दुइमत छैन । तर पनि बलिसहिताको पुजा गरेर यो कोरोना संक्रमणको भयावह अवस्थामा नाटकीय रुपमा छरपष्ट हुँदा समेत चुप लागेर बस्नु चिन्ताको बिषय बनेको छ ।

 सुचना प्रवाह गर्ने काम र जनतामा कोरोना महामारीबाट बच्न र बचाउन अबलम्बन गर्नुपर्ने सम्बन्धमा जनतालाई सु-सुचित नगरेको यो घटनाले प्रष्ट पार्दछ । अन्य सन्दर्भमा प्रयाप्त धनराशी र जनशक्ति खर्चिए पनि यो महामारीबाट सतर्कता गराउने सन्दर्भमा जनतालाई सुचना प्रबाह गर्ने र सचेतना गराउने तर्फ स्थानीय निकायको ध्यान किन नगएको होला ? 

No comments:

Post a Comment